नेपालले केन्यालाई ४ विकेटले हरायो
१२ भदौ, काठमाडौं । टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।
नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय ५७ रनको विजयी लक्ष्य पाएको थियो ।
केन्याले दिएको उक्त लक्ष्य नेपाल १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रनको इनिङ खेले । उनले पभेलियन फर्किनु अगाडी ४१ बल खेल्दैै ४ चौका र १ छक्का प्रहार गरे । डेब्यूटेन्ट अर्जुन साउदले ३५ रनको योगदान गरे । उनले ३१ बलमा २ चौका र तीन छक्का प्रहार गरे । रोहित पौडेलले २९ रन जोडे । यस्तै, ओपनर पवन सर्राफ २० रनमा आउट भए । आदिल अन्सरि १६ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी ६ रन मात्र बनाउन सफल भए । आरिफ शेख ४ रनमा अविजित रहे ।
केन्याको वलिङमा भिराज पट्टेल र यूगिनि ओचिएङले समान दुई विकेट लिए । इम्मान्यूएल बुन्डी र कोलिन्स ओबुयाले समान एक विकेट लिए ।
पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । ५ खेलको सिरिजमा जित निकाल्न नेपालले बाँकी दुईमध्य एक खेल जित्नु पर्नेछ ।
नेपाल र केन्याबीचको चौथो खेल सोमबार र पाँचौं खेल मंगलबार हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply