नेपालले केन्यालाई ४ विकेटले हरायो
१२ भदौ, काठमाडौं । टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।
नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय ५७ रनको विजयी लक्ष्य पाएको थियो ।
केन्याले दिएको उक्त लक्ष्य नेपाल १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रनको इनिङ खेले । उनले पभेलियन फर्किनु अगाडी ४१ बल खेल्दैै ४ चौका र १ छक्का प्रहार गरे । डेब्यूटेन्ट अर्जुन साउदले ३५ रनको योगदान गरे । उनले ३१ बलमा २ चौका र तीन छक्का प्रहार गरे । रोहित पौडेलले २९ रन जोडे । यस्तै, ओपनर पवन सर्राफ २० रनमा आउट भए । आदिल अन्सरि १६ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी ६ रन मात्र बनाउन सफल भए । आरिफ शेख ४ रनमा अविजित रहे ।
केन्याको वलिङमा भिराज पट्टेल र यूगिनि ओचिएङले समान दुई विकेट लिए । इम्मान्यूएल बुन्डी र कोलिन्स ओबुयाले समान एक विकेट लिए ।
पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । ५ खेलको सिरिजमा जित निकाल्न नेपालले बाँकी दुईमध्य एक खेल जित्नु पर्नेछ ।
नेपाल र केन्याबीचको चौथो खेल सोमबार र पाँचौं खेल मंगलबार हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply