नारायणगढ-मुग्लिन र सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध
१७ भदौ,काठमाडौं । नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ । सोहि सडकअन्तर्गत १८ किलोमा शुक्रबार बिहान पहिरो खसेपछि बाटो दुईतर्फी अबरुद्ध बनेको हो ।
बिहीबार पनि भरतपुर-२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण ८ घण्टा सडक अवरुद्ध बनेको थियो ।
सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा फेरि पहिरो, डाइभर्सन पनि बग्यो
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ ।
यात्रु बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गए राति दुई ठाउँमा पहिरो खसेपछि पूणर्रुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply