घनश्याम भूसाललाई गृहक्षेबाटै सिफारिस गराउन जिल्ला नेतृत्वलाई दबाब

२१ भदौ, रुपन्देही । नेकपा (एमाले) नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि रूपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दबाब परेको छ।
जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । भूसालको घर क्षेत्र नं। १ मा पर्ने भए पनि अघिल्लो चुनावमा उनी निर्वाचित भएको क्षेत्र नम्बर ३ बाट नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट भूसालसँगै स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नाम सिफारिस भएको छ ।
अघिल्लो चुनावमा क्षेत्र नम्बर ३ बाट टिकट पाएका भूसालले तत्कालीन स्वास्थ्यमन्त्री एवम् राप्रपाका नेता दीपक बोहोरालाई हराएका थिए ।
जिल्लाका केही नेताहरुले भूसालको नाम फेरि पनि क्षेत्र नम्बर ३ बाट मात्रै सिफारिस गर्ने गरि छलफल अगाडि बढाएपछि विवाद भएको छ । गृहक्षेत्रका स्थानीय नेता-कार्यकर्ताहरूले भूसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएका छन् ।
यो विषयमा रुपन्देही जिल्ला कमिटीमा सोमबार भएको छलफल निष्कर्षविहीन भयो । आज बिहान १० बजे फेरि बस्ने गरि बैठक स्थगित गरिएको छ ।
भुसाललाई १ नम्बर क्षेत्रबाट निर्वाचन लडाउन चाहने स्थानीय नेतृत्वले क्षेत्र नम्बर ३ बाट भुसालको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडान लिएपछि सहमति हुन नसकेपछि सोमबार दिनभर बसेको बैठक निष्कर्षबिहीन भएको हो।
स्थानीय नेता कार्यकर्ताले भुसाललाई क्षेत्र नम्बर १ बाट चुनावमा उठाउनुपर्ने भन्दै छविलाल विश्वकर्मासँगै उनको नाम पनि सिफारिस गरेपछि यतिबेला जिल्ला कमिटी अप्ठ्यारोमा परेको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र नम्बर २, खिमलाल भट्टराईको क्षेत्र नम्बर ५ र पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माको नाम क्षेत्र नम्बर १ बाट मात्रै उम्मेदवार सिफारिस भएको छ । तर पार्टीभित्र सधैं प्रतिपक्षको भूमिकामा रहेका नेता भूसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले उनको नाम रुपन्देहीका दुईवटा क्षेत्रबाट सिफारिस गराएको उनी निकट एक नेताले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply