घनश्याम भूसाललाई गृहक्षेबाटै सिफारिस गराउन जिल्ला नेतृत्वलाई दबाब
२१ भदौ, रुपन्देही । नेकपा (एमाले) नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि रूपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दबाब परेको छ।
जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । भूसालको घर क्षेत्र नं। १ मा पर्ने भए पनि अघिल्लो चुनावमा उनी निर्वाचित भएको क्षेत्र नम्बर ३ बाट नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट भूसालसँगै स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नाम सिफारिस भएको छ ।
अघिल्लो चुनावमा क्षेत्र नम्बर ३ बाट टिकट पाएका भूसालले तत्कालीन स्वास्थ्यमन्त्री एवम् राप्रपाका नेता दीपक बोहोरालाई हराएका थिए ।
जिल्लाका केही नेताहरुले भूसालको नाम फेरि पनि क्षेत्र नम्बर ३ बाट मात्रै सिफारिस गर्ने गरि छलफल अगाडि बढाएपछि विवाद भएको छ । गृहक्षेत्रका स्थानीय नेता-कार्यकर्ताहरूले भूसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएका छन् ।
यो विषयमा रुपन्देही जिल्ला कमिटीमा सोमबार भएको छलफल निष्कर्षविहीन भयो । आज बिहान १० बजे फेरि बस्ने गरि बैठक स्थगित गरिएको छ ।
भुसाललाई १ नम्बर क्षेत्रबाट निर्वाचन लडाउन चाहने स्थानीय नेतृत्वले क्षेत्र नम्बर ३ बाट भुसालको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडान लिएपछि सहमति हुन नसकेपछि सोमबार दिनभर बसेको बैठक निष्कर्षबिहीन भएको हो।
स्थानीय नेता कार्यकर्ताले भुसाललाई क्षेत्र नम्बर १ बाट चुनावमा उठाउनुपर्ने भन्दै छविलाल विश्वकर्मासँगै उनको नाम पनि सिफारिस गरेपछि यतिबेला जिल्ला कमिटी अप्ठ्यारोमा परेको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र नम्बर २, खिमलाल भट्टराईको क्षेत्र नम्बर ५ र पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माको नाम क्षेत्र नम्बर १ बाट मात्रै उम्मेदवार सिफारिस भएको छ । तर पार्टीभित्र सधैं प्रतिपक्षको भूमिकामा रहेका नेता भूसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले उनको नाम रुपन्देहीका दुईवटा क्षेत्रबाट सिफारिस गराएको उनी निकट एक नेताले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply