एमालेले उठायो पर्यटनमन्त्रीले सार्वजनिकरूपमा माफी माग्नु पर्ने माग

२१ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै एमालेकी साँसद विमला राई पौड्यालले यस्तो माग गर्नुभएको हो ।
उहाँले मन्त्रीले भिषा लिन जाने क्रममा सुरक्षा गार्डमाथि मन्त्री श्रेष्ठले दुर्व्यवहार गरेको बताउँदै सार्वजनिकरूपमा माफी माग्नु पर्ने बताउनुभएको हो । ‘जनताले तिरेको करबाट सुविधा लिनेहरू जनताको शासक हैन सेवक हुन्’ उहाँले भन्नुभयो ‘मन्त्रीको यस्तो कार्य स्वीकार्य हुन सक्दैन । यस्ता घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराउँदैं उहाँले यसका लागि पनि मन्त्रीले सार्वजनिक माफी माग्नै पर्छ ।
उहाँले भन्नुभयो ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन्। शासन होइनन्। दुईदिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानविय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छु, उनले भनिन्रा जीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ। तर सार्वजनिक माफी माग्नुपर्छ। किनभने हामी सेवक हौँ। शासक होइनौँ। यो कुरालाई स्थापित गर्नुपर्छ। यो एकजना गार्ड र मन्त्रीको मात्रै कुरा होइन। विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामीरु यो भएन। यसलाई सरकारले तुरुन्तै ध्यान पु्र्याओस्। यस्तो घटना फेरि नदोहोरियोस् भनेर सरकारसँग माग गर्न चाहन्छु। मन्त्रीले सार्वजनिक रुपमा माफी मागुन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply