एमालेले उठायो पर्यटनमन्त्रीले सार्वजनिकरूपमा माफी माग्नु पर्ने माग
२१ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै एमालेकी साँसद विमला राई पौड्यालले यस्तो माग गर्नुभएको हो ।
उहाँले मन्त्रीले भिषा लिन जाने क्रममा सुरक्षा गार्डमाथि मन्त्री श्रेष्ठले दुर्व्यवहार गरेको बताउँदै सार्वजनिकरूपमा माफी माग्नु पर्ने बताउनुभएको हो । ‘जनताले तिरेको करबाट सुविधा लिनेहरू जनताको शासक हैन सेवक हुन्’ उहाँले भन्नुभयो ‘मन्त्रीको यस्तो कार्य स्वीकार्य हुन सक्दैन । यस्ता घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराउँदैं उहाँले यसका लागि पनि मन्त्रीले सार्वजनिक माफी माग्नै पर्छ ।
उहाँले भन्नुभयो ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन्। शासन होइनन्। दुईदिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानविय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छु, उनले भनिन्रा जीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ। तर सार्वजनिक माफी माग्नुपर्छ। किनभने हामी सेवक हौँ। शासक होइनौँ। यो कुरालाई स्थापित गर्नुपर्छ। यो एकजना गार्ड र मन्त्रीको मात्रै कुरा होइन। विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामीरु यो भएन। यसलाई सरकारले तुरुन्तै ध्यान पु्र्याओस्। यस्तो घटना फेरि नदोहोरियोस् भनेर सरकारसँग माग गर्न चाहन्छु। मन्त्रीले सार्वजनिक रुपमा माफी मागुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply