चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै, प्रतिप्रश्न सोध्ने तयारी स्थगित

३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।
जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।
सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पुरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासंगत हुने माग एमालेले राख्यो । केहीबेर यसैमा छलफल भयो ।
अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply