चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै, प्रतिप्रश्न सोध्ने तयारी स्थगित
३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।
जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।
सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पुरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासंगत हुने माग एमालेले राख्यो । केहीबेर यसैमा छलफल भयो ।
अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply