उम्मेदवार टुंगो गर्न एमालेले बोलायो सचिवालय बैठक

३१ भदौ,काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ । एमालेले असोज १ गते शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार शनिवार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिश आएपछि आवश्यक छानविन गरी बैठक बोलाएको छ ।
निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र जनबर्गीय संगठनहरुबाट आएको नाममा एकसरो छानविन सकिसकेको छ । छानविनपछि आवश्यक नाम काँटछाँट गरी सचिवालयमा छलफल गर्न बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई नदोहोर्याउने मापदण्ड तय गरिसकेको छ । समानुपातिकतर्फ १ सय १० जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्ने ब्यवस्था छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply