उम्मेदवार टुंगो गर्न एमालेले बोलायो सचिवालय बैठक
३१ भदौ,काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ । एमालेले असोज १ गते शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार शनिवार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिश आएपछि आवश्यक छानविन गरी बैठक बोलाएको छ ।
निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र जनबर्गीय संगठनहरुबाट आएको नाममा एकसरो छानविन सकिसकेको छ । छानविनपछि आवश्यक नाम काँटछाँट गरी सचिवालयमा छलफल गर्न बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई नदोहोर्याउने मापदण्ड तय गरिसकेको छ । समानुपातिकतर्फ १ सय १० जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्ने ब्यवस्था छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply