२ आश्विन २०७९, आईतवार ०७:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जबरालाई निवासमै रोक, सर्वोच्च जान पाएनन्

२ असोज, काठमाडौं । सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित सरकारी निवासमै रोक लगाइएको छ ।
उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाभियोग निष्क्रिय भइसकेपछि हाजिर हुन नदिएर सरकारले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका छन् ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको तर्क गर्दै जबरा आज सर्वोच्च जाने तयारीमा थिए ।
उनले आफू सर्वोच्च आउने र त्यसको तयार गर्न सर्वोच्च प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए । जबरा अदालत आउने जानकारी पाएपछि सर्वोच्च बार एसोसिएनले पनि आकस्मिक बैठक डाकेर सर्वोच्च प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । अहिले सर्वोच्च परिसर र बालुवाटार गेटमा सुरक्षा कडा पारिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply