प्रत्यक्षमै एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

२ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ नै एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो । शनिबार आयोगले सबै राजनीतिक दलहरूलाई पत्राचार समेत गरिसकेको जनाएको छ ।
संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको संख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो संख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन । जसकारण राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउने र समानुपातिकतर्फबाट मात्रै महिलालाई प्रतिनिधित्व गराउने गर्दै आएका थिए ।
महिला नेताहरूले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ समेत कम्तीमा एक तिहाइ महिलालाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव नै दर्ता गरेका थिए ।
महिला सांसद् र नेताहरूले निरन्तर माग र दबाब गरेपछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो । त्यहीअनुसार निर्वाचन आयोगले उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिलाको संख्या सुनिश्चित गर्न दलहरूलाई निर्देशन दिएको हो ।
‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म समेतलाई ध्यानमा राख्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवारको मनोनयन गर्दा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन दर्ता गर्नुपर्ने आयोगको निर्णय छ, आयोगको निर्देशनमा भनिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply