प्रत्यक्षमै एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन
२ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ नै एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो । शनिबार आयोगले सबै राजनीतिक दलहरूलाई पत्राचार समेत गरिसकेको जनाएको छ ।
संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको संख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो संख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन । जसकारण राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउने र समानुपातिकतर्फबाट मात्रै महिलालाई प्रतिनिधित्व गराउने गर्दै आएका थिए ।
महिला नेताहरूले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ समेत कम्तीमा एक तिहाइ महिलालाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव नै दर्ता गरेका थिए ।
महिला सांसद् र नेताहरूले निरन्तर माग र दबाब गरेपछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो । त्यहीअनुसार निर्वाचन आयोगले उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिलाको संख्या सुनिश्चित गर्न दलहरूलाई निर्देशन दिएको हो ।
‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म समेतलाई ध्यानमा राख्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवारको मनोनयन गर्दा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन दर्ता गर्नुपर्ने आयोगको निर्णय छ, आयोगको निर्देशनमा भनिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply