राष्ट्रपतिको कदमको समर्थनमा युवा संघको स्वागत र्याली

५ असोज, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा र्याली निकालेको छ । संघले राष्ट्रपतिको कामलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।
युवा संघ नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्याली निकालेका हुन् । युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ ।
बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्याली निकालेका हुन् । काठमाडौंको बबरमहलबाट शुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए । उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए । त्यस्तै, युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर, सशक्त भएर अघि बढ्न सुझाव दिए । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply