राष्ट्रपतिको कदमको समर्थनमा युवा संघको स्वागत र्याली
५ असोज, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा र्याली निकालेको छ । संघले राष्ट्रपतिको कामलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।
युवा संघ नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्याली निकालेका हुन् । युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ ।
बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्याली निकालेका हुन् । काठमाडौंको बबरमहलबाट शुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए । उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए । त्यस्तै, युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर, सशक्त भएर अघि बढ्न सुझाव दिए । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply