बिष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका साझा र स्वतन्त्रबाट उठेका दुवै जनाको उम्मेदवारी खारेज
२६असोज, बुटवल। निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्धको उजुरीको छानवीन पछि उम्मेदवारी खारेज गरेको हो । निर्वाचन ऐन को दफा १३ (ज) र प्रतिनिधि तथा प्रदेशससभा निर्वाचन निर्देशिकाको दफा १६(ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल (डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।
आयोगले राती प्रकाशन गरेको सूचनामा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को (ङ) बमोजिम उम्मेदवार हुन योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज भएको उल्लेख गरिएको छ । क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्य पदमा राजु गुरुङको उम्मेदवारी दर्ता गराएको थियो अव गुरुङको उम्मेदवारी खारेजी सगै पौडेललाई निर्वाचन जित्न सहज भएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply