तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
१५ कात्तिक, काठमाडौं । डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।
कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् । तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले प्रतिनिधिसभातर्फ ललितपुर–३ की उम्मेदवार डा. कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply