धनुषामा बोलेरो दुर्घटना, ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर घाइते
२० कात्तिक, धनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा परि मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डीएसपी क्षेत्रीले बताए।
जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डीएसपी क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply