विकासका लागि एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली

२१ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य नै निर्धारण गर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीले आज गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अबको निर्वाचनबाट देशले विनाशको बाटो कि विकासको बाटो रोज्ने पक्का गर्छ। देश पराधीन हुने कि स्वाधीन हुने फैसला निर्वाचनले गर्छ । हामीले यस निर्वाचनमा जित्नुपर्नेछ। संसदीय प्रणालीमा, लोकतन्त्रमा जनताका प्रतिनिधिले सरकार छान्छ। यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भए । त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्छ ।
अध्यक्ष ओलीले केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको पनि बताउनुभयो । ओलीले २०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणा पत्र पुष्पकमल दाहाल प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘प्रचण्डले २०७४ को साझा घोषणा पत्र लत्याइसकेपछि अब त्यसको औचित्य थिएन। प्रचण्डले लत्याएकाले ताजा जनादेशमा गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र ! हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका दलहरुले अलग-अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त ? दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन । यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए । उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो ।
अध्यक्ष ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यही नीतिसहित गठबन्धन अघि बढेको छ । गठबन्धनले अस्थिरताबाहेक केही गर्दैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply