विकासका लागि एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली
२१ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य नै निर्धारण गर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीले आज गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अबको निर्वाचनबाट देशले विनाशको बाटो कि विकासको बाटो रोज्ने पक्का गर्छ। देश पराधीन हुने कि स्वाधीन हुने फैसला निर्वाचनले गर्छ । हामीले यस निर्वाचनमा जित्नुपर्नेछ। संसदीय प्रणालीमा, लोकतन्त्रमा जनताका प्रतिनिधिले सरकार छान्छ। यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भए । त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्छ ।
अध्यक्ष ओलीले केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको पनि बताउनुभयो । ओलीले २०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणा पत्र पुष्पकमल दाहाल प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘प्रचण्डले २०७४ को साझा घोषणा पत्र लत्याइसकेपछि अब त्यसको औचित्य थिएन। प्रचण्डले लत्याएकाले ताजा जनादेशमा गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र ! हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका दलहरुले अलग-अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त ? दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन । यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए । उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो ।
अध्यक्ष ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यही नीतिसहित गठबन्धन अघि बढेको छ । गठबन्धनले अस्थिरताबाहेक केही गर्दैन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply