स्वार्थहरुको गठजोडलाई मंसिर ४ मा ‘बाइबाइ’ गर्दिनु पर्छ : ओली

२६ कात्तिक, डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् । डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताएका हुन् ।
ओलीले भने, गठबन्धनले देश चल्दैन । कांग्रेस, माओवादी, एस पार्टीको पनि घोषणापत्र छ । कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपति । चुनाव पछि के गर्लान भन्नुस् त ?।
उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको आरोप लगाए । ओलीले भने, नेकपा एमाले देश बनाउने पार्टी हो । एमालेले नै हो देशको समस्या समाधान गर्ने । अब अलमलिनु हुँदैन । राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ । यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ ।
ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको बताए । ओलीले भने, अस्ती भाषा सुन्नु भएन तपाईहरूको मन्त्रीको । डोटीको बेइज्जत गर्ने । त्यस्ता मान्छेहरूलाई भोट दिन तयार हुनुहुन्छ कांग्रेस, माओवादी केन्द्रका साथीहरूले ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply