एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
२ मंसिर ,काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ ।
तीन खेलको श्रृखलामा पहिलो खेल ८४ रनले पाहुना टोलीलाई सुम्पिएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै श्रृखला एक एकको बराबरी गरेको थियो ।
आजको खेलमा जीत निकाल्ने टीमले श्रृखलाको उपाधी जित्नेछन् । नामिवियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप २ को तयारीको लागि आयोजना खेलमा नेपालले सोचेअनुसारको प्रदर्शन गर्न सकेको छैन ।
पहिलो खेलमा व्याटिङ नचलेको नेपालले दाेस्राे खेलमा पनि त्यही समस्या भाेगेकाे थियाे । उक्त खेलमा शीर्ष ब्याटरहरुले दाेहाेराे अंकमा रन बनाउन नसकी आउट हुँदा तल्लाे तहकाे ब्याटर आयुष शेख र गुलशन झाले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जित तर्फ डाेर्याएका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- यू-१९ एसिया कप: नेपाल र अफगानिस्तान भिड्दै
Leave a Reply