मतगणना चलिरहेका बाँकी ७ क्षेत्रमा कहाँ को अगाडि?

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष अहिलेसम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। अब १० क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ।
मत परिणाम आउन बाँकी रहेका १० क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन।
परिणाम आउन बाँकी ७ क्षेत्रमा भने मतगणना जारी छ। मतगणना चलिरहेका क्षेत्रमध्ये नेपाली कांग्रेसले ४, एमालेलेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ क्षेत्रमा अग्रता कायम राखेको छ।
मतगणना जारी रहेको इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। त्यहाँ बस्नेतले २० हजार ३८५ मत पाउँदा खनालले १८ हजार २०५ मत पाएका छन्।
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १२ हजार ८५५ मत प्राप्त गरेर अग्रता बनाउँदा जसपाका अशोककुमार राईले १२ हजार ५०४ सहित उनलाई पछ्याइरहेका छन्।
त्यसैगरी सुनसरी ३ मा एमालेकी भगवती चौधरीले १६ हजार ५ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसका विजयकुमार गच्छदारले ११ हजार ६९५ मत ल्याएका छन्।
सुनसरी ४ मा पनि मतगणना जारी छ। त्यहाँ कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेर अग्रता कायम राख्दा एमालेका जगदिश प्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। यहाँ कार्की र कुसियैतबीचको मतान्तर ९८ मात्रै छ।
उदयपुर १ कांग्रेसका नारायण खड्काले २१ हजार ८३३ मत ल्याएर अग्रता कायम राखेका छन्। एमालेकी मञ्जु चौधरीले २० हजार १२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
त्यसैगरी धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले २१ हजार २२४ मत ल्याउँदा एमालेका रघुबीर महासेठले २० हजार २०३ मत ल्याएका छन्।
रामेछापमा कांग्रसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतसहित अग्रता कायम राखेका छन् भने एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७२९ मत ल्याएका छन्। यहाँ तामाङको जित सुनिश्चित भैसकेको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply