मतगणना चलिरहेका बाँकी ७ क्षेत्रमा कहाँ को अगाडि?
११ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष अहिलेसम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। अब १० क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ।
मत परिणाम आउन बाँकी रहेका १० क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन।
परिणाम आउन बाँकी ७ क्षेत्रमा भने मतगणना जारी छ। मतगणना चलिरहेका क्षेत्रमध्ये नेपाली कांग्रेसले ४, एमालेलेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ क्षेत्रमा अग्रता कायम राखेको छ।
मतगणना जारी रहेको इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। त्यहाँ बस्नेतले २० हजार ३८५ मत पाउँदा खनालले १८ हजार २०५ मत पाएका छन्।
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १२ हजार ८५५ मत प्राप्त गरेर अग्रता बनाउँदा जसपाका अशोककुमार राईले १२ हजार ५०४ सहित उनलाई पछ्याइरहेका छन्।
त्यसैगरी सुनसरी ३ मा एमालेकी भगवती चौधरीले १६ हजार ५ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसका विजयकुमार गच्छदारले ११ हजार ६९५ मत ल्याएका छन्।
सुनसरी ४ मा पनि मतगणना जारी छ। त्यहाँ कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेर अग्रता कायम राख्दा एमालेका जगदिश प्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। यहाँ कार्की र कुसियैतबीचको मतान्तर ९८ मात्रै छ।
उदयपुर १ कांग्रेसका नारायण खड्काले २१ हजार ८३३ मत ल्याएर अग्रता कायम राखेका छन्। एमालेकी मञ्जु चौधरीले २० हजार १२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
त्यसैगरी धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले २१ हजार २२४ मत ल्याउँदा एमालेका रघुबीर महासेठले २० हजार २०३ मत ल्याएका छन्।
रामेछापमा कांग्रसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतसहित अग्रता कायम राखेका छन् भने एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७२९ मत ल्याएका छन्। यहाँ तामाङको जित सुनिश्चित भैसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply