प्रदेश समानुपातिकतर्फ मधेसबाहेक सबैमा एमाले अगाडि

११ मंसिर,काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मधेस प्रदेशबाहेक सबैमा एमालेले लिड गरिरहेको छ ।
प्रदेश १ मा १४ लाख २० हजार १०२ मत गन्दा एमालेले ४ लाख ८९ हजार ८९४ मत ल्याएर अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस ४ लाख १८ हजार ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ४८ हजार ७५९, माओवादी केन्द्र १ लाख ४४ हजार १८७, जसपाले ४९ हजार ४१२ र नेकपा एसले ४४ हजार ६७४ मत ल्याएको छ ।
तर, मधेस प्रदेशमा अहिलेसम्म १३ लाख ७५ हजार ३५६ मत गणना सकिएको छ । यहाँ कांग्रेसले २ लाख ८७ हजार ५१६ मत ल्याएर लिड राखिराखेको छ ।
एमालेले २ लाख ४५ हजार ५१०, जसपाले १ लाख ९३ हजार ५२३, जनमत पार्टीले १ लाख ७२ हजार ३१७, माओवादीले १ लाख १२ हजार ३८१, नेकपा एसले ८३ हजार ८५३, लोसपा ६७ हजार ८२३, राप्रपाले ४८ हजार ८०८ र नागरिक उन्मुक्ति पार्टीले ३८ हजार ६४२ मत ल्याएको छ ।
बागमतीमा अहिलेसम्म १३ लाख १८ हजार ९७० मतगणना भइसकेको छ । एमालेले ३ लाख ८६ हजार २७३, कांग्रेसले ३ लाख ३५ हजार ६५०, राप्रपाको १ लाख ९५ हजार १०८ ल्याएको छ ।
यस्तै माओवादीले १ लाख ९३ हजार २०१, नेमकिपाले ६१ हजार २४५, नेकपा एसले ३८ हजार ३५७ मत ल्याएको छ ।
गण्डकीमा ९ लाख १८ हजार ८४० मत गणना सकिएको छ । यहाँ पनि एमालेले ३ लाख ४० हजार ५३३ मत ल्याएर लिड गरेको छ ।
अहिलेसम्म कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादीले १ लाख १५ हजार ३६६, राप्रपाले ५७ हजार ११६, हाम्रो नेपाली पार्टीले १८ हजार ४७१, राष्ट्रिय जनमोर्चाले १४ हजार ७९३ र नेकपा एसले १४ हजार ६९७ मत ल्याएको छ ।
लुम्बिनीमा अहिलेसम्म १६ लाख ४२ हजार २३५ मत गन्दा एमालेले ५ लाख २ हजार ३२५ ल्याएर अग्रता कामयै गरेको छ । यहाँ कांग्रेसले ४ लाख ४१ हजार ६५९ र माओवादीले १ लाख ७४ हजार ५९० मत ल्याएको छ ।
राप्रपाले १ लाख १३ हजार ४१९, नागरिक उन्मुक्ति पार्टीले ८९ हजार ८०९, जनमत पार्टीले ६१ हजार ९६७, जसपाले ५८ हजार ५५९, नेकपा एसले ४० हजार १८७ र लोसपाले ३५ हजार ६७४ मत ल्याएका छन् ।
यस्तै कर्णालीमा ५ लाख ७७ हजार ८२९ मत गणना गर्दा एमालेले १ लाख ८३ हजार ९५० मत ल्याएर अग्रता लिएको छ । कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९ र नेकपा एसले ३५ हजार ८२६ मत पाएको छ ।
सूदूरपश्चिम प्रदेशमा पनि ७ लाख ४६ हजार ३६६ मत ल्याएर एमालेले लिड गरेको छ । यहाँ एमालेले २ लाख ४० हजार ४८२, कांग्रेसले २ लाख २६ हजार ३६९, माओवादीले १ लाख ८ हजार २९६, नागरिक उन्मुक्ति पार्टीले ६० हजार ३६, नेकपा एसले ३९ हजार ७७९ र राप्रपाले ३२ हजार ३४४ मत ल्याएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply