प्रदेश समानुपातिकतर्फ मधेसबाहेक सबैमा एमाले अगाडि
११ मंसिर,काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मधेस प्रदेशबाहेक सबैमा एमालेले लिड गरिरहेको छ ।
प्रदेश १ मा १४ लाख २० हजार १०२ मत गन्दा एमालेले ४ लाख ८९ हजार ८९४ मत ल्याएर अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस ४ लाख १८ हजार ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ४८ हजार ७५९, माओवादी केन्द्र १ लाख ४४ हजार १८७, जसपाले ४९ हजार ४१२ र नेकपा एसले ४४ हजार ६७४ मत ल्याएको छ ।
तर, मधेस प्रदेशमा अहिलेसम्म १३ लाख ७५ हजार ३५६ मत गणना सकिएको छ । यहाँ कांग्रेसले २ लाख ८७ हजार ५१६ मत ल्याएर लिड राखिराखेको छ ।
एमालेले २ लाख ४५ हजार ५१०, जसपाले १ लाख ९३ हजार ५२३, जनमत पार्टीले १ लाख ७२ हजार ३१७, माओवादीले १ लाख १२ हजार ३८१, नेकपा एसले ८३ हजार ८५३, लोसपा ६७ हजार ८२३, राप्रपाले ४८ हजार ८०८ र नागरिक उन्मुक्ति पार्टीले ३८ हजार ६४२ मत ल्याएको छ ।
बागमतीमा अहिलेसम्म १३ लाख १८ हजार ९७० मतगणना भइसकेको छ । एमालेले ३ लाख ८६ हजार २७३, कांग्रेसले ३ लाख ३५ हजार ६५०, राप्रपाको १ लाख ९५ हजार १०८ ल्याएको छ ।
यस्तै माओवादीले १ लाख ९३ हजार २०१, नेमकिपाले ६१ हजार २४५, नेकपा एसले ३८ हजार ३५७ मत ल्याएको छ ।
गण्डकीमा ९ लाख १८ हजार ८४० मत गणना सकिएको छ । यहाँ पनि एमालेले ३ लाख ४० हजार ५३३ मत ल्याएर लिड गरेको छ ।
अहिलेसम्म कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादीले १ लाख १५ हजार ३६६, राप्रपाले ५७ हजार ११६, हाम्रो नेपाली पार्टीले १८ हजार ४७१, राष्ट्रिय जनमोर्चाले १४ हजार ७९३ र नेकपा एसले १४ हजार ६९७ मत ल्याएको छ ।
लुम्बिनीमा अहिलेसम्म १६ लाख ४२ हजार २३५ मत गन्दा एमालेले ५ लाख २ हजार ३२५ ल्याएर अग्रता कामयै गरेको छ । यहाँ कांग्रेसले ४ लाख ४१ हजार ६५९ र माओवादीले १ लाख ७४ हजार ५९० मत ल्याएको छ ।
राप्रपाले १ लाख १३ हजार ४१९, नागरिक उन्मुक्ति पार्टीले ८९ हजार ८०९, जनमत पार्टीले ६१ हजार ९६७, जसपाले ५८ हजार ५५९, नेकपा एसले ४० हजार १८७ र लोसपाले ३५ हजार ६७४ मत ल्याएका छन् ।
यस्तै कर्णालीमा ५ लाख ७७ हजार ८२९ मत गणना गर्दा एमालेले १ लाख ८३ हजार ९५० मत ल्याएर अग्रता लिएको छ । कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९ र नेकपा एसले ३५ हजार ८२६ मत पाएको छ ।
सूदूरपश्चिम प्रदेशमा पनि ७ लाख ४६ हजार ३६६ मत ल्याएर एमालेले लिड गरेको छ । यहाँ एमालेले २ लाख ४० हजार ४८२, कांग्रेसले २ लाख २६ हजार ३६९, माओवादीले १ लाख ८ हजार २९६, नागरिक उन्मुक्ति पार्टीले ६० हजार ३६, नेकपा एसले ३९ हजार ७७९ र राप्रपाले ३२ हजार ३४४ मत ल्याएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply