पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम आउने

१४ पुस, काठमाडौं । सत्ता गठबन्धनले अबका पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।
गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जानकारी दिए । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निणर्य गरिएको हो ।
उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निणर्य नभएको उनले बताएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/ नहुनेबारे निणर्य लिने बताएका थिए ।
त्यस्तै, मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको पनि उपप्रधानमन्त्री लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निणर्य भएको लामिछानेले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply