पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम आउने
१४ पुस, काठमाडौं । सत्ता गठबन्धनले अबका पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।
गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जानकारी दिए । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निणर्य गरिएको हो ।
उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निणर्य नभएको उनले बताएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/ नहुनेबारे निणर्य लिने बताएका थिए ।
त्यस्तै, मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको पनि उपप्रधानमन्त्री लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निणर्य भएको लामिछानेले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply