गृहमन्त्रीको निर्देशनपछि मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
१४ पुस,काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मीको निजी निवासमा मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार अहिलेसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी १९४ जना सुरक्षाकर्मी फिर्ता भई प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय नक्सालमा हाजिर भएका छन ।
गृहमन्त्री लामिछानेको निर्देशनपछि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।
त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो । राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उहाँले आफ्नो सुरक्षामा जनमुक्ति सेना राख्नुभएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । सर्वाेच्च अदालतको परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने मापदण्डविपरीत सुरक्षाकर्मी राखिएको थियो । लामिछाने गृहमन्त्री भएलगत्तै पूर्वकर्मचारी र सुरक्षाकर्मीका निवासमा खटाइएका प्रहरी फिर्ता बोलाइएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply