सेनाका उपरथी शाहीको घरमा सैनिकको छापा
२१ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।
सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले चाहिँ शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको बताए । आर्थिक अनुशासनका विषयमा उजुरी परेपछि उहाँविरुद्ध छानबिन भइरहेको हो, भण्डारीले भने, त्यसबाहेकका विषय मेरो जानकारीमा छैन
हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको स्रोतले बताएको छ । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।
अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply