प्रदेश–१ मा आज मुख्यमन्त्रीका लागि दावी पेस गर्ने अन्तिम दिन
२४ पुस,विराटनगर । प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (आइतबार) साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समय सीमा अनुसार आज प्रदेश–१ मा नयाँ सरकार बन्नु पर्नेछ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले १७ पुसबाट आज (आइतबार) साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।
यसबीचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरे पनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको छ ।
एमाले प्रदेश–१ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । त्यसको लागि सत्तारुढ दलको शीर्ष नेतृत्वमा सहमति बनिसकेको स्रोतको दाबी छ । ‘आज शीर्ष नेताबीच छलफल हुँदैछ, त्यसपछि प्रदेशमा दाबी पेस गर्छाैं,’ माओवादी केन्द्र प्रदेश–१ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने ।
९३ सदस्यीय प्रदेश–१ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले संसदीय दलका नेता कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेको स्रोतले जनाएको छ ।
प्रदेश–१ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ९३ जना सांसद रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply