ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

२५ पुस, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।
रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक फरार रहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply