शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरुको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारण समेत गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट विसं २०४८ मा गोरखाबाट एवं विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो ।
त्यस्तै नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा–२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मंसिर ९ गते निधन भएको थियो । बैठकले उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply