प्रदेश १ प्रदेश सभाको बैठक आज

२६ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो ११ बजेका लागि बैठक बोलाइएको छ ।
प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।
उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।
सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रलाई सकस परेको छ ।
सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सभामुखका उम्मेदवारका विषयमा छलफल भए पनि सहमति जुटेन् ।
सभामुखको उम्मेदवारको नाम टुङ्गो लगाउन आज बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताए ।
माओवादीबाट उदयपुरका सांसद नारायण बुर्जामगर, ओखलढुंगाका सांसद बाबुराम गौतम र मोरङकी गीता तिम्सिना सभामुखको दाबेदार छन् । संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्की पनि सभामुखको दाबेदार हुन् ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्ने आजको प्रदेशसभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउने कार्यसूची छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply