लोसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

२६ पुस, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ ।
आज काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको नेता शरदसिंह भण्डारीले जानकारी दिएका छन् । बरमहलसिथत पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विश्वासको मतसहित मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनले बताए । । लोसपाका सांसद शरदसिंह भण्डारीका अनुसार प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो । तर समाजवादीले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply