राजनीतिक स्थायित्वका लागि गठबन्धन टिकाउनु पर्छ : उपमहासचिव ज्ञवाली

३० पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनलाई टिकाइ राख्नु पर्ने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष ३० वर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो–छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
उनले प्रत्यक्ष र समानुपातिकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलाइन्स बनाउनुपर्ने उल्लेख गरे । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उनको भनाइ छ ।
ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राखे ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply