चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
१५ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै हिजोदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ ।
एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गरे । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरूसहितका माइन्यूटस लैजानेछन् ।
जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरूको फारमसमेत वडामा पठाइएको
छ ।
कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।
एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
Leave a Reply