चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु

१५ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै हिजोदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ ।
एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गरे । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरूसहितका माइन्यूटस लैजानेछन् ।
जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरूको फारमसमेत वडामा पठाइएको
छ ।
कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।
एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply