३ माघ २०७९, मंगलवार ०२:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विमान दुर्घटना : आज शव काठमाडौं ल्याइँदै

३ माघ, गण्डकी । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं ल्याउने तयारी तयारी गरिएको छ ।
शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।
चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाइँने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
‘हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ, उनले भने,अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।
शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौं ल्याउने तयारी छ ।
रासस
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply