गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

१० माघ, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री हुने एमाले स्रोतले जनाएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जना मन्त्री हुने सत्ता साझेदार दलबीच सहमति छ ।
मुख्यमन्त्री अधिकारीले एमाले, माओवादी र राप्रपाबाट एक एक जना मन्त्री भइसकेका छन् । एमालेबाट मन्त्री हुने २ जना र माओवादीबाट मन्त्री बन्ने एक जना टुंगो लाग्न बाँकी थियो ।
माओवादी संसदीय दलको बैठकले सोमबार नै म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो । एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
माओवादीबाट मन्त्री भएका हरिबहादुर चुमान, एमालेबाट मन्त्री भएकी सीता सुन्दास र राप्रपाबाट मन्त्री भएका पञ्चराम तमु पनि हालसम्म विना विभागीय रहेका छन् ।
मन्त्रीको टुंगो लगाए पनि कुन कुन मन्त्रालय भन्ने अझै सार्वजनिक गरेका छैनन् । ७ जना मन्त्रीको नाम टुंगियो, केही बेरमा मन्त्रालयबारे पनि थाहा पाउनुहुन्छ, मुख्यमन्त्री सचिवालय स्रोतले बतायो ।
रोशन गाहामगर नवलपुरका १ (२) बाट दोस्रो पटक निर्वाचित भएकमा हुन् भने कास्की-१ (२) बाट निर्वाचित वेदबहादुर गुरुङ यसअघि मादी गाउँपालिका अध्यक्ष थिए । प्रदेश प्रमुख कार्यालयका अनुसार मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply