गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री
१० माघ, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री हुने एमाले स्रोतले जनाएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जना मन्त्री हुने सत्ता साझेदार दलबीच सहमति छ ।
मुख्यमन्त्री अधिकारीले एमाले, माओवादी र राप्रपाबाट एक एक जना मन्त्री भइसकेका छन् । एमालेबाट मन्त्री हुने २ जना र माओवादीबाट मन्त्री बन्ने एक जना टुंगो लाग्न बाँकी थियो ।
माओवादी संसदीय दलको बैठकले सोमबार नै म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो । एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
माओवादीबाट मन्त्री भएका हरिबहादुर चुमान, एमालेबाट मन्त्री भएकी सीता सुन्दास र राप्रपाबाट मन्त्री भएका पञ्चराम तमु पनि हालसम्म विना विभागीय रहेका छन् ।
मन्त्रीको टुंगो लगाए पनि कुन कुन मन्त्रालय भन्ने अझै सार्वजनिक गरेका छैनन् । ७ जना मन्त्रीको नाम टुंगियो, केही बेरमा मन्त्रालयबारे पनि थाहा पाउनुहुन्छ, मुख्यमन्त्री सचिवालय स्रोतले बतायो ।
रोशन गाहामगर नवलपुरका १ (२) बाट दोस्रो पटक निर्वाचित भएकमा हुन् भने कास्की-१ (२) बाट निर्वाचित वेदबहादुर गुरुङ यसअघि मादी गाउँपालिका अध्यक्ष थिए । प्रदेश प्रमुख कार्यालयका अनुसार मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply