मानव बेचबिखन र बाल यौन दुरुपयोगमा मनोज पाण्डे दोषी ठहर
१० माघ, काठमाडौं । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो ।
प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सजाय निर्धारकका लागि माघ २३ को पेशी तोकिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply