कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नुको अर्थ छैन : महासचिव पोखरेल

१६ माघ, विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् ।
आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल पोजिसन’ कुन हो भन्ने प्रष्ट हुन आग्रह गरेका छन् । ‘सत्तापक्ष हो कि प्रतिपक्ष कांग्रेस के हो ?, पोखरेलले प्रश्न गरे, कांग्रेस सत्तापक्ष न प्रतिपक्ष जस्तो देखिएको छ त्यसैले पहिले दिशाहीनताबाट पहिले सच्चिनु पर्छ ।’ पूरानो र ऐतिहासिक पार्टी भएर पनि कांग्रेसको अहिलेको अवस्था दुःखद रहेको भन्दै पोखरेलले टिप्पणी गरेका छन् ।
कांग्रेसले प्रमुख पदहरुमा दाबी गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले थपे, राष्ट्रपति प्राप्त गर्नैकै लागि हो भने पहिले सत्तापक्षका रूपमा घोषणा गर्नुप¥यो नी ! कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद् सचिवालयमा पत्र पठाएको अवस्थामा के हो भनेर पहिले प्रस्ट हुनुपर्ने अनि मात्र दाबी गर्न मिल्ने उनले बताए ।
राष्ट्रपतिकै प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे । राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन् । प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहना हो’, उनले भने ।
रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको भन्ने प्रश्नमा उनले त्यस्तो नभएको तर कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको छफलबाट टुंगो लाग्ने बताए । लामिछानेको मुद्दामा न्यायालयको भूमिका निष्पक्ष नभएको पोखरेलले आरोप लगाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply