कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नुको अर्थ छैन : महासचिव पोखरेल
१६ माघ, विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् ।
आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल पोजिसन’ कुन हो भन्ने प्रष्ट हुन आग्रह गरेका छन् । ‘सत्तापक्ष हो कि प्रतिपक्ष कांग्रेस के हो ?, पोखरेलले प्रश्न गरे, कांग्रेस सत्तापक्ष न प्रतिपक्ष जस्तो देखिएको छ त्यसैले पहिले दिशाहीनताबाट पहिले सच्चिनु पर्छ ।’ पूरानो र ऐतिहासिक पार्टी भएर पनि कांग्रेसको अहिलेको अवस्था दुःखद रहेको भन्दै पोखरेलले टिप्पणी गरेका छन् ।
कांग्रेसले प्रमुख पदहरुमा दाबी गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले थपे, राष्ट्रपति प्राप्त गर्नैकै लागि हो भने पहिले सत्तापक्षका रूपमा घोषणा गर्नुप¥यो नी ! कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद् सचिवालयमा पत्र पठाएको अवस्थामा के हो भनेर पहिले प्रस्ट हुनुपर्ने अनि मात्र दाबी गर्न मिल्ने उनले बताए ।
राष्ट्रपतिकै प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे । राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन् । प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहना हो’, उनले भने ।
रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको भन्ने प्रश्नमा उनले त्यस्तो नभएको तर कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको छफलबाट टुंगो लाग्ने बताए । लामिछानेको मुद्दामा न्यायालयको भूमिका निष्पक्ष नभएको पोखरेलले आरोप लगाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply