मानव बेचविखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष जेल सजाय

२३ माघ, काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन-ओसारपसारसम्बन्धी मुद्दामा सात वर्ष लामो जेल सजाय सुनाएको हो।
अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष लामो जेल सजाय सुनाएको हो।
पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो।
यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन।
तर अदालतले उनको सजाय निर्धारण पनि गरेको हो। यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको अदालतको ठहर
पाण्डेलाई यसअघि नै मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिसकिएको छ। यसअघि अदालतले बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।
सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।
उनले २०७९ जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।
किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply