मानव बेचविखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष जेल सजाय
२३ माघ, काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन-ओसारपसारसम्बन्धी मुद्दामा सात वर्ष लामो जेल सजाय सुनाएको हो।
अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष लामो जेल सजाय सुनाएको हो।
पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो।
यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन।
तर अदालतले उनको सजाय निर्धारण पनि गरेको हो। यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको अदालतको ठहर
पाण्डेलाई यसअघि नै मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिसकिएको छ। यसअघि अदालतले बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।
सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।
उनले २०७९ जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।
किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply