स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले दिए राजीनामा
![स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले दिए राजीनामा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले दिए राजीनामा](https://ebudhabar.com/wp-content/uploads/2023/02/Dr-Senendra-Raj-Upreti-Secretary-for-MoHP.jpg)
२४ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् । डा. उप्रेतीले राजीनामा बुझाएको स्वीकार गरे । राजीनामाका विषयमा उनीसँग जिज्ञासा राख्दा उनले परिस्थितिको उपज भएको प्रतिक्रिया दिए ।
पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
मैले राजीनामा दिनुमा केही कारण छन् । वोर्ड व्यवस्थापन गम्भीर नहुनु र स्वास्थ्य बीमा गति पनि लिन सकेन, व्यवस्थापन स्वस्थ्य पनि भएन । कतिपय कानुनी बाधाका कारण काम गर्न सकिएन ।
यसमा कानुनी देखि राजनैतिक कारण होलान् । बीमा प्रभावकारी ढंगले अघि बढ्न नसक्नुमा, यस्तो थाहा हुँदा हुँदै म त्यहाँ बसिरहनु उपयुक्त नलागेकाले राजीनामा दिए,डा. उप्रेतीले भने ।
सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।
विसं २०७२ साल देखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलोको कारण असफलको बाटोमा जाँदै छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply