अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता

२५ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् ।
अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उनीहरुका बीचमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अर्थमन्त्री पौडेलले गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइएको स्मरण गरे ।
नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’ मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उनले भेटमा बताए ।
अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेकोबारे पनि प्रशासक पावरलाई जानकारी गराए ।
नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेका थिए । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।
सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताइन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply