जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ

२८ माघ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकारहरू बनेको भन्दै राष्ट्रपति चुनावमा माओवादी त्यसबाट पछि हट्न नमिल्ने बताएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।
भट्टराईले भने- जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ । त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने,राष्ट्रपतिमा नहुने के छ ? माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।
भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । उनले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply