जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ
२८ माघ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकारहरू बनेको भन्दै राष्ट्रपति चुनावमा माओवादी त्यसबाट पछि हट्न नमिल्ने बताएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।
भट्टराईले भने- जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ । त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने,राष्ट्रपतिमा नहुने के छ ? माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।
भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । उनले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply