अनेरास्ववियु महाधिवेशन : ड्रोन उडाएर ओलीले गरे उद्घाटन

२ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरे । काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो । एमालेले चितवनको १०औं महाधिवेशनलाई पनि प्रविधिमा हाइटेक विधि अपनाएको थियो ।
यसअघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने बताएकी थिइन् । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।
भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
उद्घाटन समारोहमा यसअघि अखिलको नेतृत्व सम्हालिसकेका एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलगायतका नेता सहभागी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply